ad ad

राजनीति


ओलीले एमाले बिगारेका छन्, छानबिन हुनुपर्छ : घनश्याम भुसाल

एमाले बिगार्ने मुख्य दोषीमाथि कारबाही हुनुपर्ने भुसालको माग
ओलीले एमाले बिगारेका छन्, छानबिन हुनुपर्छ : घनश्याम भुसाल

नेपालखबर
जेठ २२, २०७९ आइतबार १०:४, काठमाडौँ

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा पार्टीभित्र भएका सम्पूर्ण गलत कामहरुको छानबिन गरिनुपर्ने माग गरेका छन्। मुख्य नेताले नै पार्टीलाई बिगार्ने काम गरेको र यसमा सबैभन्दा बढी जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भुसालले बताएका छन्। 

नेपालखबरसँग कुरा गर्दै एमाले नेता भुसालले भने, ‘पार्टीमा छानबिन गरियोस्, खोजेर हेरियोस्। एउटा घटना होइन, चुनावमा हारिएको विषय बढीमा १५ प्रतिशत होला, योभन्दा अगाडि प्रणालीगत रुपमा ओलीले बिगार्नुभएको छ, त्यसमाथि खोजखबर गर्नुपर्छ।’ 

एमाले अध्यक्ष ओलीकै कारण एमाले बिग्रिएको भुसालको दाबी छ। उनी भन्छन्, ‘अध्यक्ष ओलीले संसद विघटन गर्नुभएको छ। संघीय र प्रदेश सरकारहरु हिँडाउनुभएको छ। महाधिवेशनमा लिस्ट पढ्नुभएको छ। लिस्ट पढेर पनि नभएपछि फलाना–फलाना चारजनालाई भोट नदेऊ भनेर ह्विप जारी भएको छ। आदि–इत्यादि सबै विषयको छानबिन हुनुपर्छ।’ 

अहिलेको चुनावको विषयलाई मात्रै लिएर कसैलाई कारबाही चलाउन नमिल्ने तर्क गर्दै एमाले नेता भुसालले नेपालखबरसँग भने,‘गएको १० वर्षदेखि पार्टीमा कुनै वैचारिक काम भएको छैन भने अहिलेको चुनावमा यस्तो हुनु स्वाभाविक हो।’

एमाले सचिवालयमा पुग्यो घनश्याम भुसाललाई कारबाही गर्ने पत्र

भुसालमाथि कारबाहीको तयारी
एमालेका वैचारिक नेता भुसालमाथि पार्टीको अनुशासन आयोगले कारबाहीको तयारी गरेको छ। भुसालले एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले कारबाहीका लागि पार्टीमा सिफारिस गरेको हो। 

तर, भुसालले चाहिँ नेतृत्वको आलोचना गरेकै आधारमा कारबाही गर्न नमिल्ने जिकिर गर्दै पार्टी बिगार्ने मुख्य दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन्।

घनश्यामलाई कारबाहीको सिफारिसपछि योगेशको टिप्पणी : आवेग र उत्तेजनाले सही ठाउँमा पुर्‍याउँदैन   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .