ad ad

राजनीति


निजगढ विमानस्थल बनाउन माग गर्दै लोसपालाई सरोकार समितिको ज्ञापनपत्र

निजगढ विमानस्थल बनाउन माग गर्दै लोसपालाई सरोकार समितिको ज्ञापनपत्र

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १४:३७, काठमाडौँ

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने मागसहित निजगढ सार्वजनिक सरोकार समितिको प्रतिनिधि मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार सरोकार समितिको तर्फबाट संयोजक एकबहादुर श्रेष्ठले लोसपा अध्यक्ष महन्थ ठाकुरदाई पार्टी कार्यालय बबरमहलमा ज्ञापनपत्र बुझाएको लोसपा नेता केशव झाले जानकारी दिए।

सरोकार समितिले सर्वोच्च अदालतको फैसला पुनरवलोकन गराई वा अन्य विकल्पबाट भएपनि निजगढ विमानस्थल निर्माण गर्ने वातावरण तत्काल बनाउन ध्यानाकर्षण जनाएको छ।

सर्वोच्च अदालतले जेठ १२ गते निजगढ विमानस्थल बनाउने निर्णय कार्यान्वयन नगर्न फैसला गरेको छ।

‘अदालतको आदेशले नेपालमा कार्यपालिकाको अधिकार क्षेत्रमा अतिक्रमण गरेको छैन, नेपालको समृद्धि र विकासको चाहनामा तुषारापात गर्ने प्रयास गरेको ठहर गरेका छौँ,’ सरोकार समितिको विज्ञप्तिमा उल्लेख छ, ‘वातावरणीय सन्तुलन कायम गर्दै यो विमानस्थललाई ग्रीन एयरपोर्ट बनाउनुपर्छ भन्ने हाम्रो चाहना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .