ad ad

राजनीति


जिसस मोरङमा कांग्रेसको अन्तर्घात, एमालेको प्यानलै निर्वाचित

जिसस मोरङमा कांग्रेसको अन्तर्घात, एमालेको प्यानलै निर्वाचित

सुमन पुरी
जेठ ३१, २०७९ मंगलबार १५:२६, विराटनगर

जिल्ला समन्वय समिति मोरङमा एमालेका अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा निर्वाचित भएका छन्।

एमालेको बहुमत रहेको मोरङमा प्रमुख उपप्रमुख सहित टिम नै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

एमालेका प्रमुखका उम्मेदवार राईले २१ मत पाउँदा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार जीतेन्द्र अग्रवालले १३ मत मात्र प्राप्त गरे। 

यस्तै, उपप्रमुखमा पनि एमालेकी उषा झाले २१ र कांग्रेसकी निलमकुमारी सरदारले १३ मत पाए।

महिला सदस्यमा उपा नेपाली, उर्वसीकुमारी थारु र हरिमाया विश्वकर्मा निर्वाचित भए। 

अन्य सदस्यमा तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन्। 

नेपाली कांग्रेसका सदस्यले जिसस सदस्यमा फ्लोस क्रस गरेका छन्। एमाले २१ मात्र मत रहेको मोरङमा खुला सदस्य घिमिरे, ढकालले समान २२ मत पाए भने र महिला सदस्य उपमा नेपालीले २३ मत पाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .