राजनीति


संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित भएपछि वादविवाद

संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित भएपछि वादविवाद

नेपालखबर
असार ५, २०७९ आइतबार १०:३५, काठमाडौँ

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि वादविवाद भएको छ। 

समितिको आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। आसन्न अमेरिका भ्रमणको छलफल कार्यतालिका राखिएको थियो।

यद्यपी देउवा बैठकमा उपस्थित भएनन्। त्यसपछि प्रधानमन्त्रीको अनुपस्थित बारे समितिकी सभापति पवित्रा निरौला खरेलले प्रश्न उठाइन्। 

उनले प्रधानमन्त्रीले समितिको अपमान गरेको बताएपछि कांग्रेस सांसद पुष्पा भुसाल प्रतिरक्षामा उभिएकी हुन्। 

समितिकी सभापति खरेलले समितिको बैठकमा उपस्थित नभएर प्रधानमन्त्रीले समितिको अपमान गरेको बताइन्। ‘सभापतिले भनिन प्रधानमन्त्रीले समितिको अपमान गर्नुभयो,’ उनले समितिको बैठक सुरु हुनेबित्तिकै भनिन्, ‘समयमै खबर नगर्नु भनेको अपमानै हो।’

यदी प्रधानमन्त्रीले अनुपस्थित हुने जानकारी गराएको खण्डमा बैठक नराखिने समेत उनले बताइन्। 

सभापतिले प्रधानमन्त्रीको बारेमा प्रश्न उठाएपछि कांग्रेस सांसद पुष्पा भुसालले प्रतिरक्षा गरेकी छिन्। भुसालले भनिन्, ‘भ्रमण तय भएपछि आउँछु भन्नू भएको छ। अहिले भ्रमण तय भइनसकेकाले नआउनु भएको हो।’

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल पनि बैठक सुरु नहुँदै बाहिरिएका छन्। उनी सिंहदरबारस्थित बैठकस्थलमा भने पुगेका थिए। 

संसदीय समितिमा प्रधानमन्त्री गएनन्, माधव नेपाल बाहिरिए

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो। शुक्रबारको बैठकमा विवादित बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे छलफल भएको थियो।

प्रधानमन्त्री उपस्थित नहुँदा समिति सभापति निरौलाले ‘अपमानित’ शब्द प्रयोग गरेको भन्दै कांग्रेसका सांसदले भुसाल र दिब्यमणी राज भण्डारीले आपत्ति जनाएका थिए। ‘अफिसियललि तय नभए सम्म प्रधानमन्त्री यहाँ आउन जरुरी छैन।’ भण्डारीले समितिको बैठकमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .