ad ad

राजनीति


न्यायाधीश-वकिल घुस बार्गेनिङ प्रकरण : सात दिनभित्रै छानबिन टुंग्याउन माग

न्यायाधीश-वकिल घुस बार्गेनिङ प्रकरण : सात दिनभित्रै छानबिन टुंग्याउन माग

नेपालखबर
असार ९, २०७९ बिहिबार १७:१३, काठमाडौँ

कानुन व्यवसायीहरुले न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको घुस बार्गेनिङ प्रकरण सात दिनभित्रै छानबिन गर्न माग गरेका छन्। 

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, डा. सुरेन्द्र भण्डारीलगायतले बिहीबार कामु प्रधानन्यायाधीश एवम् न्याय परिषदका अध्यक्ष दीपक कुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र छानबिन टुंगोमा पुर्याउने गरी छानबिन समितिलाई जिम्मा दिन माग गरेका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेलका बिचमा इच्छाराज तामाङ समेतको ठगी मुद्दाका विषयमा दुई करोड रुपैयाँ घुस बार्गेनिङ भएको अडिओ बुधबार सार्वजनिक भएको थियो। 

सो सम्बन्धमा ४५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने गरी न्याय परिषदले तीन सदस्यीय छानबिन समिति बनाएको छ। 

कानुन व्यवसायीहरुले ४५ दिनसम्ममा सो घटना ओझेलमा पर्नसक्ने भन्दै सात दिनभित्र सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। 

‘छानबिनका लागि ४५ दिनको समयले विषयवस्तुको गम्भीरतालाई ओझेलमा पार्न सक्दछ। यति संवेदनशील विषयमा छिटो छरितो र वस्तुगत रुपमा छानबिन होस् भने नै सर्वसाधारण नेपाली नागरिक र हामी जस्ता कानून व्यवसायीको धारणा रहेको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ यो विषयमा ७ दिनभित्र छानबिन गरी दोषीमाथि कानून बमोजिम कारबाही हुनु पर्दछ भन्ने हामो विश्वास रहेको छ।’

ज्ञापन पत्रमा भनिएको छ, ‘७ दिन भित्र छानबिन गर्न नसकिने अवस्था र कारण केही पनि छैन। बरु विलम्बले न्याय पराजित हुन सक्दछ। यो हामी सबैले बोध गरेको कानूनको सर्वमान्य सिद्धान्त नै हो। यस्ता गम्भीर बिषयमा पनि तदारुकताका साथ काम गर्न नसक्ने हो भने न्यायपालिका प्रतिको आस्था र विश्वास झन कमजोर बन्दछ।’

ज्ञापन पत्रमा वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठ र भण्डारीसहित अधिवक्ताहरु युवराज कोइराला, जगनाथ खनाल, मानबहादुर चौधरी, रामबहादुर राउत, भुवनेश्वर थापा, गोपाल पोखरेल, यज्ञप्रसाद अधिकारी, कृष्णप्रसाद पाण्डे, शान्ति ढुंगाना, राजेन्द्रबहादुर विष्ट, दिप्ती घिमिरे, अतिस कार्कीलगायतको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .