ad ad

राजनीति


लोकतान्त्रिक समाजवादी र लोक दलबीच एकता (तस्बिरहरु)

लोकतान्त्रिक समाजवादी र लोक दलबीच एकता (तस्बिरहरु)

लोसपा र लोक दलबीच एकता कार्यक्रम। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
असार १२, २०७९ आइतबार १७:५३, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र लोक दलबीच आइतवार एकता सम्झौता भएको छ।

लोसपा नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दुई दलबीच एकता घोषणा भएको हो।

यो एकीकरणले देशका उपेक्षित, पीडित, पिछडा वर्गसहित मधेसी तथा अधिकारबाट बञ्चित नागरिकको आवाजलाई राज्यको नेतृत्वसम्म पुर्‍याउन बल पुग्ने बताइएको छ।

एकताका लागि भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नाम, झण्डा र छाप स्वीकार गरेको छ।

त्यसैगरी लोक दलका नेता-कार्यकर्ताहरूलाई सहमति अनुसारको पद र जिम्मेवारी लोसपा नेपालले दिने भएको छ। 

यी दुई दलबीच संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस, समग्र देश र जनअधिकार प्राप्तिको संघर्षलाई अझै अघि बढाउने सहमति भएको छ। 

एकता सहमति पत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर र लोक दलका अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .