राजनीति


‘प्रतिनिधिसभा निर्वाचन मंसिर २१ मा गर्ने गरी घोषणा हुँदैछ’

‘प्रतिनिधिसभा निर्वाचन मंसिर २१ मा गर्ने गरी घोषणा हुँदैछ’

रिपोर्टर्स क्लबमा शहरी विकासमन्त्री मेटमणि चौधरी। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार १४, २०७९ मंगलबार १४:३७, काठमाडौँ

शहरी विकास मन्त्री मेटमणी चौधरीले प्रतिनिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २१ गते गर्ने गरी केही दिनमा घोषणा हुने बताएका छन्। 

रिपोर्टस क्लबमा मंगलबार आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 'प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव आगामी मंसिर २१ गते हुने गरि केही दिनमा घोषणा हुन्छ होला', उनले भने। 

चौधरीले अहिले पनि विभेद र विभाजनका कुरा भइरहेको भन्दै अब त्यो रोकिनुपर्नेमा जोड दिए। 

'अब यस्तो हुनु हुँदैन।  म मन्त्री बनिसकेपछि इमानपूर्वक काम गर्ने प्रयास गर्नेछु', उनले भने, 'हामीले यो मुलुक बनाउने हो भने केबल प्रधानमन्त्री र मन्त्री मात्र इमानदार भएर हुँदैन। नेपालका सबै अंग बलियो नभइ मुलुक बन्न सक्दैन।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .