ad ad

राजनीति


वामदेव गौतमको प्रस्तावमा केपी ओली मौन

भन्छन् : पुराना दिन सम्झियौँ, अब पनि मित्रता हुन्छ
वामदेव गौतमको प्रस्तावमा केपी ओली मौन

आफ्ना निर्णयहरुको प्रतिलिपि ओलीालई बुझाउँदै वामदेव। तस्बिर : राजन काफ्ले


रुपक चौलागाईं
असार १६, २०७९ बिहिबार १४:१५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। 

बिहीबार भक्तपुरको बालकोटमा ओलीसँग लामो छलफलपछि गौतमले नेपालखबरसँगको संक्षिप्त कुराकानीका क्रममा दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताए। 

‘हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं,’ गौतमले नेपालखबरसँग भने, ‘अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए। 

‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ,’ उनले भने, ‘उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्। 

त्यही अभियानअन्तर्गत बिहीबार ओलीलाई भेट्न गौतम बालकोट पुगेका हुन्। अन्य कम्युनिस्ट नेताहरुसँग पनि आजदेखि समय लिएर निरन्तर भेटघाट हुने गौतमको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .