नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले ओलीसँग सोमबार मध्यान्ह सम्वाद गरेका हुन्।
उक्त अवसरमा दुई देशबीचको आर्थिक-व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ।
भेटका क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य पनि सहभागी थिइन्।
105
Shares
प्रतिक्रिया