ad ad

राजनीति


प्रेस युनियनमा अनिता र शिव भिड्दै, महाधिवेशन उद्घाटन गर्न पुगे देउवा

प्रेस युनियनमा अनिता र शिव भिड्दै, महाधिवेशन उद्घाटन गर्न पुगे देउवा

नेपालखबर
साउन ६, २०७९ शुक्रबार ११:३१, काठमाडौँ

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षका लागि अनिता बिन्दु र शिव लम्साल भिड्ने भएका छन्। 

अनितालाई सभापति देउवा नेतृत्वको संस्थापन पक्षले अध्यक्षको टिकट दिएको हो। उता इतरबाट शिव लम्साल अध्यक्षमा उठ्ने पक्का भएको छ।

संस्थापनबाट अध्यक्षमा आकांक्षा राखेकामध्येबाट टिकट पाएकी बिन्दु नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्षसमेत हुन्। उनी नेपाल टेलिभिजनमा कार्यरत छिन्।

संस्थापनले कोषाध्यक्ष सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष जगन्नाथ दुलाललाई महासचिवमा र केन्द्रीय सदस्य माधव धिताललाई कोषाध्यक्षमा उठाएको छ।

इतर समूहबाट प्रेम केसी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा देखिएका छन्। महासचिवमा इतर समूहबाट दिलिप पौडेल उठेका छन्। 

संस्थापन समूहले उपमहासचिवमा केशव सावद र सचिवमा खगेन्द्र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै महिला सचिवमा संस्थापनबाट मेनुका ढुंगाना प्रतिस्पर्धामा छिन्। 

सुदूरपश्चिम उपाध्यक्षमा हरिश भट्ट उठेका छन्। महिला उपमहासचिवमा कुसुम विक र दिलिपाश्री अधिकारी उठेका छन्। 

इतर समूहबाट उपमहासचिवमा विष्णु क्षेत्री मैदानमा छन्। लेखा समिति संयोजकमा पदमराज जोशीको पनि उम्मेदवारी छ।

यसैबीच हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पुगिसकेका छन्। 

युनियनको महाधिवेशनका लागि सबै प्रतिनिधि पुग्ने क्रम जारी छ। आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागी हुँदैछन्। 

महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .