ad ad

राजनीति


कांग्रेसनिकट पत्रकारको चुनाव : अध्यक्षसहित अधिकांश पदाधिकारीमा इतरको पकड

कांग्रेसनिकट पत्रकारको चुनाव : अध्यक्षसहित अधिकांश पदाधिकारीमा इतरको पकड

नेपालखबर
साउन ८, २०७९ आइतबार ११:८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको  मतगणना जारी छ। 

बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनको बिहान १० बजेसम्मको परिणाम अनुसार इतर समूहले पकड बनाएको छ। 

खान समयअघिसम्म ६ सय १२ मत गणना भइसकेको छ। यस्तोमा अध्यक्षदेखि अधिकांश पदाधिकारीमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष पछि परेको छ। 

परिणाम अनुसार संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दु पछि परेकी छन्। 

उनले २ सय ७१ मत प्राप्त गर्दा इतर पक्षबाट अध्यक्षका उम्मेदवार शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसीले २ सय ९५ मत ल्याएका छन्।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन्।

उपमहासचिवमा युवराज गौतमले ३ सय २०, कमल पन्तले २ सय ५७, केशव सावदले २ सय ४०, रवीन्द्र सुवेदीले २ सय ३९, विष्णु खड्काले २ सय २६ र सन्तोष रेग्मीले २ सय ३६ मत प्राप्त गरेका छन्।

युनियनको नवौँ महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत उपस्थित थिए। 

यस्तो छ मत परिणाम :​

१. अध्यक्ष:
 अनिता बिन्दु : २७१
 शिव लम्साल : ३१६

२. वरिष्ठ उपाध्यक्ष: 
प्रेम केसी : २९५
सरोज अधिकारी: २८७

३. उपाध्यक्ष
नकुल अर्याल: ३३२ 
भीष्मराज ओझा: २८०
राममणि दाहाल: २५०
शेखर रेग्मी : १८१

४. उपाध्यक्ष (महिला)
कल्पना शर्मा: २७९ 
सलोजा दाहाल: ३१६

५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा: २४७
लवदेव ढुंगाना: १२०
हेमराज दाहाल: १९४

६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्ण: ४४
रोशनकुमार न्यौपाने: २७३

७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी: २९१
डा. मुरारी अधिकारी : २८५

८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य: २७४
ऋषिकान्त पाैडेल: २८६

९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे: २६५
माधव प्रसाद अर्याल: ३०१

१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का: २६९
राजेन्द्र कार्की : २९२

११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) 
प्रेम चुनारा: २४५
मीन वम: ८१
मुकुन्द भण्डारी : २३२

१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी: ३५९
निरज खतिवडा: २१२

१३. महासचिव
जगन्नाथ दुलाल: १८३
दिलिप पाैडेल: ४०१

१४. उपमहासचिव खुला 
कमल पन्त: २५७
केशव सावद: २४०
युवराज गाैतम: ३२०
रविन्द्र सुवेदी: २३९
बिष्णु खड्का: २२६
सन्तोष रेग्मी: २३५

१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरी: २२२
जानुका बराल: २३७
दीलिपाश्री अधिकारी: २९४
सुलोचना गाैतम: २९४

१६. उपमहासचिव (समावेशी)
अभयकुमार राई: ३०७
पवन श्रेष्ठ: २४६

१७. सचिव (खुला)
केदार दाहाल: २८६
खगेन्द्र घिमिरे: २१५
खगेन्द्र भण्डारी २९२
गुरुप्रसाद गाैतम: २४९
तीर्थराज बस्नेत: २४८
भुवन शर्मा: २९५
लोकेन्द्र भट्ट: २३३
विजय रेग्मी: २४०

१८. सचिव (महिला)
पुष्पा शर्मा: २७६
माला पालुङ्वा लिम्बू: २७०
मेनुका ढुंगाना : ३४४
रेजिना गाैतम : ३००
रोजी ढकाल पराजुली: २८३

१९. सचिव (आदिवासी/जनजाति)
लालकुमार मोक्तान : ३३८
सुशील थकाली : २१२

२०. सचिव (मधेशी)
अजित तिवारी : २८६
ओमप्रकाश साह : २५७

२१. सचिव ( दलित)
राजन रुचाल : २८३
सन्तोष गन्धर्व : २८३

२२. सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटाका : २९३
दयाराम पण्डित : २८१

२३. सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मी: २८०

२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वम: २३९
नरहरि सापकोटा ३१८

२५. सचिव (छापा माध्यम)
राधा खनाल : ३३१
श्याम प्रसाद खतिवडा : २२८

२६. कोषाध्यक्ष
माधव धिताल : २९८
रमेश वाग्ले : २७६

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .