राजनीति


बजेटसँग सम्बन्धित तीन वटा विधेयक प्रमाणीकरण

बजेटसँग सम्बन्धित तीन वटा विधेयक प्रमाणीकरण

नेपालखबर
असार ३०, २०८३ मंगलबार १७:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेवले बजेटसँग सम्बन्धित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। 

मंगलबार राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८३, राष्‍ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ लाई प्रमाणीकरण गरेका हुन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले तीनै विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। 

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामि आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको थियो। संघीय संसद्का दुवै सदनबाट बजेट र त्यससँग सम्बन्धित विधेयक पारित गरेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad