ad ad

राजनीति


शपथसम्बन्धी विधेयक पारित

शपथसम्बन्धी विधेयक पारित

नेपालखबर
साउन २५, २०७९ बुधबार १६:४२, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो। सांसदहरुले उठाएको जिज्ञासामा कानुनमन्त्री कोइरालाले सार्वजनिक पदधारण गर्ने व्यक्तिले ‘म मुलुकको कानुनप्रति प्रतिबद्ध छु र त्यसलाई शतप्रतिशत कार्यान्वयन गर्छु’ भन्ने स्व घोषणाका रुपमा शपथलाई लिइएको उल्लेख गरिएको बताए।

उनले आफूले आफैंलाई  जिम्मेवार बनाउने दृष्टिकोणका साथ शपथको प्रचलन संसारभर नै चलेको र हाम्रोमा पनि सार्वजनिक पदधारण गरेका व्यक्तिलाई स्वअनुशासन र जिम्मेवार बनाउन खोजिएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .