नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दिने जापान भ्रमणका क्रममा आफूले फोहोर व्यवस्थापनका लागि सहयोग मागेको बताएका छन्।
जापान भ्रमण सकेर बुधबार त्रिभुवन विमानस्थलमा उत्रिएका उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।
'फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेछ जापान। फोहोर व्यवस्थापमा तत्काल सघाउन भनेका छौँ', उनले भने, 'कहीँ कतै फोहोर देखिँदो रहेनछ जापानमा। तत्काल फोहोर व्यवस्थापनमै सहयोग चाहियो भनेको छु।'
प्रचण्डले जलविद्युत् र कृषिमा पनि लगानी सहयोग माग गरेको बताएका छन्। 'निकै राम्रो वातावरणमा एकअर्काको सहयोग अभिवृद्धिका लागि कुरा भएको छ', उनले भने, 'विकास साझेदारमा जापान नेपालको अग्रणी देश हो। जापानले गरेको सहयोगमा हामीले आभार प्रकट गरेका छौँ।'
भिडिओ
साउन २५, २०७९, बुधबार
105
Shares
प्रतिक्रिया