राजनीति


बाबुरामलाई हँसिया हथौडाबाट निर्वाचन लड्न दिने माओवादी केन्द्रको निर्णय

आजै निर्वाचन आयोगलाई जानकारी गराइने
बाबुरामलाई हँसिया हथौडाबाट निर्वाचन लड्न दिने माओवादी केन्द्रको निर्णय

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १०:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई आफ्नै चुनाव चिन्हमा निर्वाचनमा सहभागी गराउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता हरिबोल गजुरेलले नेपालखबरलाई जानकारी दिए। 

‘बाबुरामजीलाई पनि एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी गराउने निर्णय भएको छ,’ गजुरेलले नेपालखबरसँग भने। 

एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे आजै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने गजुरेलले बताए। 

आजको बैठकमा बामदेव गौतमलाई पनि गठबन्धनमा सामेल गरेर अघि बढाउनेबारे प्रारम्भिक छलफल भएको थियो। तर, सो बारे निर्णय भने भइसकेको छैन्। भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकले निर्णय गरेको हो। 

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे  पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .