नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ।
नेपाली काङ्ग्रेसका सचेतक मीन विश्वकर्माले गिरिको शनिबार राति निधन भएको पुष्टि गरेका छन्। त्यस्तै कांग्रेस ललितपुर जिल्ला कार्यसमिति ललितपुरका सभापति जितेन्द्र मलेगु श्रेष्ठले गिरिको निधनको पुष्टि गरेका छन्।
स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारको आग्रहमा भेण्टिलेटर हटाइएका उनलाई चिकित्सकले मृत घोषित गरे।उनलाई चार दिनदेखि भेन्टिलेटरमा अक्सिजन दिएर राखिएको थियो। गिरीका शरीरका अधिकांश अंग प्रत्यंगले काम गर्न छोडेपछि उनलाई परिवारका सदस्यले भेन्टिलेटरबाट निकाल्न भनेका थिए।
उनको मेडिसिटीका दुई सातादेखि उपचार चलिरहेको थियो। प्रतिनिधिसभा सदस्य गिरीको स्वास्थ्य अवस्थाबारे परिवारले शनिबार साँझ प्रेस नोट निकालेको थियो। जसमा उनको स्वास्थ्य स्थिर रहेको उल्लेख थियो।
भारती सिलवाल गिरिले जारी गरेको प्रेस नोटमा गिरिलाई निमोनियाले एकदमै चापेपछिर केही दिनयता शरीरका थुप्रै अंगले काम गर्न छाडेको उल्लेख थियो।
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन्।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मेडिसिटी पुगेका थिए। अस्पतालमा कांग्रेसलगायत पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु पुगेका थिए। गिरिको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथसहितका स्थानमा पूजा र प्रार्थना पनि गरिएको थियो। तर गिरिले मृत्युुसँगको लडाइँ हार्न पुगे।

558
Shares

प्रतिक्रिया