ad ad

राजनीति


नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड

नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड

तस्बिर : प्रचण्ड सचिवालय


नेपालखबर
भदौ ८, २०७९ बुधबार ८:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन्। 

चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। 

‘आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मुल सार हो,’ प्रचण्डले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही हुँदैन्।’

अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि पुनः राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि जान उनले बताए। ‘यसलाई जुन किसिमले प्रचार गरिएको छ, गलत ढंगल र गलत उद्धेश्यले प्रचार गरिएको छ।’ प्रचण्डले भने। 

उक्त विधेयक केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको उनले बताए। 

‘यो त्यही विधेयक हो जो केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशको रुपमा लगिएको थियो,’ प्रचण्डले भने, ‘त्यही मान्छे अध्यादेशको रुपमा पोहोरसाल लगेका थिए, त्यही विधेयक अहिले संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुजस्तो अनैतिकता केही हुन सक्दैन्।’

त्यतिबेला राज्यव्यवस्था समितिले सदनमा प्रस्ताव लान आग्रह गर्दा ओली नै नमानेका प्रचण्डको जिकिर छ। 

‘प्रचार गर्नेहरुले पहिला सातवर्षे अंगीकृतको प्रावधान पारित भएर गएको थियो, म पनि अध्यक्ष थियौं। राज्यव्यवस्थाको प्रस्ताव सदनमा लैजाऔं भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो,’ उनले भने, ‘अध्यादेश लाने पनि केपी ओली नै हो। यति छर्लंग कुरामा पनि नेपालका जनता बुद्धि नभएका छन्, राष्ट्रवादको मुखुण्डो लगाएर भोल माग्न सकिन्छ भन्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भइसकेका छन्, यस्ता पाखण्डि प्रचारबाट कोही भ्रमित नहुनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .