राजनीति


डोटी गठबन्धनका अन्य दललाई छाड्न सकिँदैन : बलायर

डोटी गठबन्धनका अन्य दललाई छाड्न सकिँदैन : बलायर

नेपालखबर
भदौ १५, २०७९ बुधबार १३:३४, काठमाडौँ

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले आसन्न निर्वाचनका लागि गृहजिल्ला डोटी गठबन्धनमा रहेका अन्य दललाई छाड्न नसकिने जिकिर गरेका छन्। 

नेपाल प्रेस युनियन डोटीले बुधबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गृहजिल्ला गठबन्धनमा रहेका अन्य दललाई दिन नसकिने अडान दाेहाेर्याएका हुन्। 

सत्ता गठबन्धनका तर्फबाट डोटीमा फेरि नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेमगरले प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न इच्छा देखाइरहेका बेला सभापति बलायरको अभिव्यक्ति दोहोरिएको हो। 

‘अहिले डोटी नेपाली कांग्रेसको एक नम्बर जिल्ला हो। एक नम्बर अवस्थामा रहेको जिल्लालाई छाडेर हामी ५० नम्बरमा भएको जिल्ला लिन चाहदैनौँ,’ उनले भने, ‘को निर्वाचन लड्ने त्यो पछिको कुरा हो। डोटीमा कांग्रेसले नेतृत्व लिनु पर्दछ। पात्र जोसुकै भए पनि कुनै संकोच छैन।’  
प्रदेश सभापति बलायरले डोटीमा कांग्रेस बलियो भएका कारण अन्य सत्ता साझदार दलका लागि नेतृत्व छाड्न नसकिने जिकिर गरे। 

‘डोटीका बारेमा हामीले के भनेका छौँ भने जुन जिल्लामा कांग्रेस कमजोर छ। हामी त्यो जिल्लाको नेतृत्व छोड्न तयार छौँ,’ उनले भने, ‘जहाँ हामी बलियो छौँ त्यहाँ छोड्न तयार छैनौँ।’ 

सत्ता साझेदार दलहरुको उद्देश्य नेकपा एमालेलाई हराउने हो भने चुनावी तालमेल पनि त्यस्तै खालको हुनुपर्नेमा जोड दिए। 

‘हाम्रो मकसद एमालेलाई हराउने हो भने गठबन्धन पनि हराउने खालको हुनुपर्छ,’ बलायरले भने, ‘हामी गठबन्धन गर्ने अनि एमालेलाई जिताउने हो भने त्यो गठबन्धनको कुनै अर्थ हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .