राजनीति


निर्वाचनमा भाग नलिनेहरुको चुनावी सरकार बनाउन प्रेम सुवालको प्रस्ताव

निर्वाचनमा भाग नलिनेहरुको चुनावी सरकार बनाउन प्रेम सुवालको प्रस्ताव

नेपालखबर
भदौ १९, २०७९ आइतबार १६:२४, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए।

उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए। सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए। 

उनले भने,  ‘निर्वाचन घोषणासँगै चुनावमा भाग नलिने तटस्थ सरकार आवश्यक छ। अहिलेसम्म सरकारहरुबाट निष्पक्ष चुनाव भएको अभिलेख छैन। त्यसकारण तटस्थ सरकार बनाउनुपर्छ निर्वाचनमा भाग नलिनेहरुको। र निर्वाचनको मिति घोषणा भइसकेपछि संसद बैठक सञ्चालन गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन हो। हामीले जनतालाई कसरी भन्ने? अरु निकायहरुलाई के भन्ने? तपाईहरुको संसद चलाएर सबथोक निर्णय गर्न मिल्ने अनि हामीले केही गर्न नपाउने के को आचारसंहिता भनेर संसदप्रति नै प्रश्न तेर्साउने सम्भावना छ। त्यसकारण यो संसद निर्वाचनको मिति घोषणा भइसकेपछि चलाउन नहुनेतर्फ पनि म यहाँ दोहोर्याउन चाहन्छु।’

उनले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .