नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुर क्षेत्र नं १ बाट नवराज सिलवालको नाम सिफारिस गरेको छ।
एमाले ललितपुर अध्यक्ष पुरुषोतम आचार्यले प्रतिनिधि सभाका लागि सिलवालको नाम एकल रुपमा सिफारिस भएको बताए।
सिलवालले गत निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए।
यस्तै, गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन समन्वय कमिटीको आइतवारको बैठकले प्रत्यक्षतर्फ गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो।
1.3k
Shares
प्रतिक्रिया