राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
अध्यक्ष ओली निवास बालकोट पुगेर राय एमाले प्रवेश गरेका हुन्।
रायलाई ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए।
सल्यान जिल्लाको शारदा नगपालिका वडा नं. ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।
एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थितिमा पार्टी प्रवेश गराइएको एमालेले जनाएको छ।
600
Shares
प्रतिक्रिया