राजनीति


महाभियोग सिफारिस समितिको बैठक बस्दै

महाभियोग सिफारिस समितिको बैठक बस्दै

नेपालखबर
भदौ २५, २०७९ शनिबार ९:२५, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। 

आइतबार अपरान्ह साढे १२ बजे  सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो। 

तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए।

समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।

पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ।

संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .