ad ad

राजनीति


प्रदेश १ : १४ निर्वाचन क्षेत्रमा एमालेका सर्वसम्मत उम्मेदवार सिफारिस, ओली झापा ५ बाट

प्रदेश १ : १४ निर्वाचन क्षेत्रमा एमालेका सर्वसम्मत उम्मेदवार सिफारिस, ओली झापा ५ बाट

सुमन पुरी
भदौ २७, २०७९ सोमबार २१:४९, विराटनगर

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले प्रदेश १ बाट १४ जनाको नाम सर्वसम्मत सिफारिस गरेको छ। 

२८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा आधा क्षेत्रमा भने सर्वसम्मत सिफारिस हुन नसकेको एमालेले जनाएको छ। 

अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वसम्मत सिफारिस भएका छन्।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा १ नम्बरबाट रविन कोइराला र ४ बाट एलपी साँवा पनि सर्वसम्मत रुपमा सिफारिस भएका छन्। 

यस्तै, पाँचथरबाट बसन्तकुमार नेम्वाङ, इलाम १ बाट महेश बस्नेत, इलाम २ बाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस भएका छन्। 

यसैगरी मोरङ १ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट योगी मण्डल सर्वसम्मत सिफारिस भएका छन्।  

यता, सुनसरी १ बाट जयकुमार राई, ३ बाट भगवती चौधरी र ४ बाट जगदीश कुशियत तथा सोलुखुम्वुबाट मानवीर राई पनि सर्वसम्मत सिफारिस भएको एमालेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .