राजनीति


‘काकाकुल’ धरानमा हर्कले झारे पानी, स्थानीयले गरे हर्षबढाइँ

‘काकाकुल’ धरानमा हर्कले झारे पानी, स्थानीयले गरे हर्षबढाइँ

नेपालखबर
भदौ २८, २०७९ मंगलबार ७:२४, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल भएका छन्। स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्धा नै धरानमा पानी ल्याउने थियो। 

सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्। 

धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटासाट गरेका छन्। उक्त भिडिओ पोस्ट गर्दै उनले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’

धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए। यसअघि निर्वाचितन जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर लागेका थिए।

पहाड गाउँ खोटाङबाट धरान झरेका उनी बितेको १० वर्षदेखि धरानबासीको प्रमुख समस्या रहेको पानी माग्दै आन्दोलनरत थिए। पूर्वको काकाकुल सहरका रुपमा परिचित धरानमा हरेक पटक खानेपानी चुनावी एजेन्डा बन्छ अनि सेलाउँदै गरेको छ। तर, यो पटक भने साम्पाङले धरानको जमुना चोकमा पानी झारेका छन्।

यो पटकको निर्वाचनमा मेयर निर्वाचित भएसँगै साम्पाङ निरन्तर पानी ल्याउने अभियानमा लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad