राजनीति


पहिलो संसद सदस्य पुष्करनाथ पोखरेलका छोरा गणेश कांग्रेस बीपीमा आवद्ध

पहिलो संसद सदस्य पुष्करनाथ पोखरेलका छोरा गणेश कांग्रेस बीपीमा आवद्ध

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार २०:१०, काठमाडौँ

पहिलो संसदीय निर्वाचनमा गुल्मीबाट निर्वाचित पुष्करनाथ पोखरेलका छोरा गणेशप्रसाद पोखरेल नेपाली कांग्रेस बीपीमा आवद्ध भएका छन्। उनी बिहीबार कांग्रेस बीपीमा आवद्ध भएका हुन्। 

पोखरेलका बुवा पुष्करनाथ २०१५ मा सम्पन्न पहिलो संसदीय निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ९१ गुल्मी ९दक्षिण–पश्चिम० बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए। 

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका पुष्करनाथ नेकपाका उम्मेदवार खुपीराम उपाध्यायलाई पराजित गर्दै पहिलो संसदमा सांसद बनेका थिए। 

११ हजार २५६ मतले पुष्करनाथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनको प्रतिष्पर्धी उपाध्यायले ३ हजार २८ मत ल्याएका थिए। 

यस्तै, कांग्रेसको नेपाल आदिवासी जनजाति संघका प्रदेश १ अध्यक्ष नन्दराज राई पनि कांग्रेस बीपीमा आवद्ध भएका छन्। 

उनलाई कांग्रेस बीपीले केन्द्रीय सदस्यमा मनोनित गरेको वरिष्ठ उपसभापति कर्ण मल्लले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .