ad ad

राजनीति


आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धि हासिल गरेको देउवाको दाबी

आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धि हासिल गरेको देउवाको दाबी

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७९ शनिबार १४:६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धिहरु हासिल गरेको बताएका छन्।

प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धिहरु हासिल गरेको बताएका हुन्। 

‘मेरो नेतृत्वको सरकारले राम्रो उपलब्धि हासिल गरेको महसुसस गरेको छु,’  प्रधानमन्त्री देउवाले भने। 

उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारलाई भन्दै आएको ‘परमादेशी सरकार’ को संज्ञातर्फ टिप्पणी गर्दै परमादेशकै कारण आफूहरुको संसदमा भेट भएको टिप्पणी गरे।

‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुनेछ। भन्ने मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो,’ देउवाले भने, ‘त्यही भएरै हामी सबै सँगै काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्नै पाउने थिएनौं।’ 

उनले नेकपा एमाले अध्यक्ष ओलीका कारण निर्वाचित संसदले विघटनको समस्या व्यहोर्नु परेको पनि बताए।

‘गणतन्त्र आएपश्चात निर्वाचित संसदले विघटनको पहिलो पटक समस्या ब्यहोर्नु पर्यो,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताका अधिकार सुरक्षित गर्न जनताले संघर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलकाबीच सहकार्य गरेर मुलुकलाई पुनः संविधान बमोजिम अघि बढायौं।’  

प्रधानमन्त्रीले आगामी मंसिर ४ मा हुन गइरहेको प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गर्न सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण सहयोग गर्ने पनि आश्वासन दिए। ‘निर्वाचन आयोगलाई सरकारको पूर्णसहयोग रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावितलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .