ad ad

राजनीति


ओलीलाई प्रचण्डको जवाफ : ठिकै छ मंसिर ४ गते हामी पनि हेर्छौं

ओलीलाई प्रचण्डको जवाफ : ठिकै छ मंसिर ४ गते हामी पनि हेर्छौं

नेपालखबर
असोज १, २०७९ शनिबार १४:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंसिर ४ गते हेर्न चुनौती दिएका छन्। 

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन र सरकारलाई जनताले मंसिर ४ गते जवाफ दिने बताएका थिए। 

सो भनाईको जवाफ दिँदै प्रतिनिधिसभा बैठकबाटै प्रचण्डले मंसिर ४ गते के रहेछ? भन्ने कुरा देखिने बताए। ‘प्रतिपक्षी दलको नेताले भन्नुभयो, मंसिर ४ गते थाहा हुन्छ को के रहेछ? भन्नेकुरा भन्नुभयो। म विनम्रतापूर्वक उहाँलाई स्मरण गराउन चाहन्छु, राष्ट्रियसभाको निर्वाचनले सन्देश दिएको होइन र?’ प्रचण्डले भने। 

ओलीमा अझैपनि अहंकार नघटेको टिप्पणी प्रचण्डले गरे। 

‘बारको चुनावले सन्देश दिएको होइन र? पत्रकार महासंघको चुनावले सन्देश दिएको होइन र? अस्ति भर्खर भएको स्थानीय तहको निर्वाचनले सन्देश दिएको होइन र?’ प्रचण्डले भने, ‘तपाईं अझैपनि मलाई त लागेको थियो, यो पटक प्रतिपक्षी दलको नेताले त यहाँसम्म आइपुग्दा मैले दुई पटक विघटन गरेर अवरोध गरेछु, स्थायीत्वलाई अस्थिरतमा लगेछु भन्नुहोला भन्ने सोचेर आएको त उहाँ अर्झैपनि उही अहंकार।’

उनले मंसिर ४ गते हुने निर्वाचनको परिणाम स्वीकार गर्ने बताए। ‘ठिकै छ, ४ गते हेर्ने। तपाईं पनि हेर्ने हामी पनि हेर्छौं। जनताको फैसला हामी सबैले स्वीकार्छौं भनेकै छौं। जनताको फैसला स्वीकार गर्ने नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .