ad ad

राजनीति


एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको टुंगो लगाइने

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको टुंगो लगाइने

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको सचिवालय बैठक। तस्बिरः ओली सचिवालय।


नेपालखबर
असोज २, २०७९ आइतबार ७:७, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ। 

आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको आजको बैठकमा टुंगो लगाइने बताइएको छ। 

शनिबार (१ असोज) साँझ पनि सचिवालयको अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसेको थियो। सो बैठकले उम्मेदवारहरुको सूची तयार गर्न नसकेपछि आज दिउँसो ११ बजेलाई बैठक पुनः बोलाइएको छ। प्रचार विभाग उपप्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आजको बैठकले समानुपातिक उम्मेदवारहरुको सूची तयार पार्दै छ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका थिए।

संघीय र प्रदेशतर्फका उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितालाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छmलफल भएको गुरुङले बैठकपछि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .