ad ad

राजनीति


मंसिरको चुनावमा पौने २ करोड मतदाता सहभागी हुँदै

मंसिरको चुनावमा पौने २ करोड मतदाता सहभागी हुँदै

नेपालखबर
असोज ४, २०७९ मंगलबार ११:३१, काठमाडौँ

आगामी मंसिर ४ मा हुने संघीय र प्रादेशिक निर्वाचनमा पौने दुई करोडभन्दा बढी मतदाता सहभागी हुँदै छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले भाेट हाल्न पाउने भएका हुन्। 

आयोगले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। जसमध्ये ८८ लाख ४७ हजार ५७९ पुरुष, ९१ लख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन्। 

मतदाता संख्याका आधारमा आयोगले देशभर १० हजार ८९१ मतदान स्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र पनि स्वीकृत गरेको छ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख ३५ हजार ५२५ र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ७७९ छन्। 

प्रदेशतर्फ बागमतीमा सबैभन्दा बढी ३४ लाख ७१ हजार ४९२ र सबैभन्दा कम कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता छन्। सबैभन्दा बढी मतदान केन्द्र भएको जिल्ला मोरङ र कम भएको जिल्ला मनाङ हो। मोरङमा ८३९ र मनाङमा २८ मतदात केन्द्र तोकिएका छन्।

सबैभन्दा बढी मतदान केन्द्र भएको प्रदेश मधेस र कम मतदान केन्द्र भएको प्रदेश कर्णाली हो। मधेस प्रदेशमा ४ हजार २३५ र कर्णाली प्रदेशमा १ हजार ४०३ मतदान केन्द्र स्वीकृत गरिएको आयोगले जनाएको छ।

हेर्नुहाेस् सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .