राजनीति


राष्ट्रपतिको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ : कमल थापा

राष्ट्रपतिको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ : कमल थापा

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार ९:८, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रहितमा काम गरेको बताएका छन्। 

सत्ता गठबन्धनका नेताले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र व्यवस्थामै प्रहार गरेको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष थापाले भने राष्ट्रपति कदमको प्रशंसा गरेका हुन्।  

‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ’, थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’

राष्ट्रपतिको यो निर्णयले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको दाबी थापाले गरेका छन्। 

‘राजनीतिक रूपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ’, उनले भनेका छन्, ‘राजा वीरेन्द्रले समेत राष्ट्रहित विपरीतको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .