राजनीति


संक्रमणकालीन न्यायको काम छिटो टुंग्याउन उपराष्ट्रपतिसँग जर्मन राजदूतको आग्रह

संक्रमणकालीन न्यायको काम छिटो टुंग्याउन उपराष्ट्रपतिसँग जर्मन राजदूतको आग्रह

नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:२९, काठमाडौँ

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज नेपालको संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह गरेका छन्। 

उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिहीबार भएको शिष्टाचार भेटमा राजदूत प्रिन्जले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम सम्पन्न गर्न आग्रह समेत गरेका हुन्। उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे।

उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ। 

भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको छ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए। उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउँदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए।

भेटमा उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको बताए। उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने बताए।

उपराष्ट्रपतिले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए।

उनले लोकतन्त्रको सुदृढ्को महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको बताए। उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जर्मन सरकारबाट सहयोग रहने अपेक्षा पनि व्यक्त गरे। 

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको बताए। उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .