नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन्।
बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको जीवनी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीको तुलना प्रधानमन्त्री शेरबहादुर देउवासँग गरे।
‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बडो अहंकार हुँदो रहेछ। मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन् कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् कि बलको अहंकारले मात्तिएका हुन्छन् कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन्,’ उनले भने, ‘क्वालिटी भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ। स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो।’
असोज ६, २०७९, बिहीबार
30
Shares
प्रतिक्रिया