ad ad

राजनीति


प्रचण्डको स्वीकारोक्ति–बाबुरामजी र मेरो प्रयोग व्यवहारिक रूपमा सफल भएन

प्रचण्डको स्वीकारोक्ति–बाबुरामजी र मेरो प्रयोग व्यवहारिक रूपमा सफल भएन

शुभकामना आदन-प्रदान कार्यक्रममा बाेल्दै पुष्पकमल दाहाल प्रचण्ड।


नेपालखबर
असोज ८, २०७९ शनिबार १३:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र डा. बाबुराम भट्टराईले संविधान घोषणापछि गरेका प्रयोगहरु व्यवहारतः सफल नभएको स्वीकारोक्ति गरेका छन्। डा. भट्टराईको नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी (नेसपा) ले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान समारोहमा शनिबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

उनले ती प्रयोगहरु व्यवहारतः अघि लैजान सफल नभएको बताएका हुन्।

‘हामीले थोरै संविधान घोषणापछिको प्रयोगहरु जो हामीले गर्यौं, बाबुरामजीले उहाँको नेतृत्वमा अलिकति साहसिक र दुस्सासिक भन्न सकिन्छ एउटा प्रयोग उहाँले गर्नुभयो,’ प्रचण्डले अघि भने, ‘मैले पनि एमालेसँग एकता गर्ने त्यसलाई साहसिक पनि भन्न सकिन्छ त्यसलाई दुस्साहसिक पनि भन्न सकिन्छ। मैले पनि त्यो प्रयोग गरेँ। तर यी दुवै प्रयोगको पछि हाम्रो उदेश्य जति राम्रो भएपनि व्यवहारतः सफल चाहीँ भएन्।’

उनले अहिले आफूहरु नेपाली राजनीतिको विशिष्ट मोड र प्रक्रियाबाट अघि बढेको बताए। ‘बरु, घटनाक्रमले के सावित गर्यो भने हामी अलग अलग प्रयोग गर्न हिन्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका र त्यसले स्थापित गरेका परिवर्तनहरु धरापमा पर्ने खतरा पर्यो। बुर्जुवा र पेटि बुर्जुवाहरुले माओवादी आनदोलनका कायर्एकर्ताहरुलाई अपमान गर्नखोज्ने प्रवृत्ति यसमा देखा परे।’ प्रचण्डको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .