ad ad

राजनीति


म र बाबुरामजी नयाँ जनयुद्ध गर्ने निष्कर्षमा पुगेका छौं : प्रचण्ड

‘बाबुरामजीको र मेरो बानी, व्यवहार र स्वभाव धेरै मिल्दैन’
म र बाबुरामजी नयाँ जनयुद्ध गर्ने निष्कर्षमा पुगेका छौं : प्रचण्ड

शुभकामना आदन-प्रदान कार्यक्रममा बाेल्दै पुष्पकमल दाहाल प्रचण्ड।


नेपालखबर
असोज ८, २०७९ शनिबार १३:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन्।

उनले बाबुराम र आफ्नो बानी स्वभाव भने धेरै नमिल्ने पनि बताए। ‘बाबुरामजीको र मेरो बानी, ब्यवहार स्वभाव धेरै मिल्दैन्। हामी दुई एकठाउँमा हुँदा चाही ठूलो शक्ति र तागत भएको थियो,’ प्रचण्डले भने। 

सानो चित्त नगरी ठूलो मनले सहयोग गर्न आह्वान गर्दै प्रचण्डले आफू सफल हुने बताए। 

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ प्रचण्डले भने, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’

तर, आफूहरुले सोचेको जनयुद्ध पूरानो जनयुद्धजस्तो नभएको र त्यो संभव पनि नभएको बताए। ‘आज हामी फेरि त्यही अवस्थालाई सोच्दै र देशको अहिलेको राजनीतिलाई सोच्दै एउटा नयाँ जनयुद्ध पूरानो जनयुद्ध होइन। पूरानो त संभव पनि छैन्, नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि  अनि हामी अब एकै ठाउँमा केन्द्रीत हुने हो।’ प्रचण्डले भने। 

१० वर्षे जनयुद्धको बेलामा पनि कोटेश्वर र बाबुराम भट्टराईको घरमा ठूलै छलफलहरु हुने गरेको उनले बताए। ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ। हामीले ठूलो कमिटमेन्ट गरेका थियौं। धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो, त्यो कमिटमेन्ट सुन्दा मानिसहरुले धेरै ठूलो व्यंग्य पनि गरे।’ प्रचण्डले भने।

नेपाल समाजवादी पार्टी (नेसपा)ले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान समारोहमा सम्बोधन गर्दै प्रचण्डले आफूहरुको मिलन चुनावका लागि मात्र नभएको बताए। 

प्रत्येक दशकमा एउटा काम गर्ने गरेको बताउँदै प्रचण्डले भने, ‘बढीमा एक दशकमा एउटा काम गरेका छौं। एक दशक जनयुद्ध लड्यौं, एक दशक लोकतान्त्रिक गणतन्त्र ल्याउनेमा लाग्यौं, एक दशक आ–आफ्नो ठाउँमा पुग्यौं। अबको एक दशक विकासको नयाँ मोडल दियौं भन्दै खुसीसाथ संसारबाट विदा हुने सपना हामीले बनाएका छौं।’

प्रचण्डले आफू र डा. बाबुराम भट्टराईले संविधान घोषणापछि गरेका प्रयोगहरु व्यवहारतः सफल नभएको स्वीकारोक्ति गरे।

उनले ती प्रयोगहरु व्यवहारतः अघि लैजान सफल नभएको बताए। ‘हामीले थोरै संविधान घोषणापछिको प्रयोगहरु जो हामीले गर्यौं, बाबुरामजीले उहाँको नेतृत्वमा अलिकति साहसिक र दुस्सासिक भन्न सकिन्छ एउटा प्रयोग उहाँले गर्नुभयो,’ प्रचण्डले अघि भने, ‘मैले पनि एमालेसँग एकता गर्ने त्यसलाई साहसिक पनि भन्न सकिन्छ त्यसलाई दुस्साहसिक पनि भन्न सकिन्छ। मैले पनि त्यो प्रयोग गरेँ। तर यी दुवै प्रयोगको पछि हाम्रो उदेश्य जति राम्रो भएपनि व्यवहारतः सफल चाहीँ भएन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .