ad ad

राजनीति


ओलीलाई कालोझण्डा देखाउन खोज्ने १२ जना समातिए

ओलीलाई कालोझण्डा देखाउन खोज्ने १२ जना समातिए

नेपालखबर
असोज ८, २०७९ शनिबार १६:३३, जनकपुरधाम

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने १२ जना जनकपुरबाट परेका छन्।

शनिबार दिउँसो जनकपुर विमानस्थलबाट बाहिरिएका ओलीलाई नागरिकता विधेयक पास गर्न नदिएको भन्दै केही युवाले कालो झण्डा देखाउन खोजेका थिए। 

विमानस्थलबाट रेल चढ्न रेलवे स्टेशन जाना लागेका ओलीलाई कालोझण्डा देखाउन तयार ती युवाहरुलाई प्रहरीले समातेको हो।

ओलीलाई गत भदौ २७ गते पनि जनकपुरमा कालो झण्डा देखाउने प्रयास भएको थियो।  त्यसबेला ५जना समातिएका  थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि तराई मधेशका केही जिल्लामा प्रदर्शन भइरहेको छ। 

ओलीले शनिबार जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा स्वागत गरे। ब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .