राजनीति


एमालेसँग एक्लाएक्लै भिड्नै हैसियत नभएकाले सत्तारुढ दलले गठबन्धन गरे : टोपबहादुर रायमाझी

एमालेसँग एक्लाएक्लै भिड्नै हैसियत नभएकाले सत्तारुढ दलले गठबन्धन गरे : टोपबहादुर रायमाझी

नेपालखबर
असोज ८, २०७९ शनिबार १७:८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दाबी गरेका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन देशी÷विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए।

‘नेकपा (एमाले)सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ। तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरु गठबन्धन आवश्यकता हो भनेर कांग्रेसको पुच्छर बनिरहेका छन्। गठबन्धन गरे पनि उनीहरुलाई सजिलो छैन,’ रायमाझीले भने, ‘एउटा पार्टीभित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भइरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .