२० पटकका ग्र्यान्डस्ल्याम च्याम्पियन रोजर फेडररले टेनिस विश्वसबाट बिदा लिएका छन्। शुक्रवार राति लेवर कपमा उनले आफ्नो अन्तिम व्यवासयिक खेल खेले।
लेवर कप को डबल्सतर्फ रोजर फेडरर र रफाएल नडालको जोडी कोर्टमा अमेरिकी जोडी ज्याक सक र फ्रान्सेस टाइफोविरुद्ध उत्रिएको थियो।
कडा भिडन्तमा ४-६ ७-६ (७-२) ११-९ ले फेडरर र नडालको जोडी पराजित भयो।
२५ वर्ष लामो व्यवसायिक करिअरमा यो रोजर फेडररको सिंगल र डबल्स दुवैतर्फ जम्मा १७ सय ५० औँ खेल थियो।
खेल सकिएपछि कोर्टमा बोल्दै फेडरर धेरै भावुक भए। उनी बोल्ने क्रममा धर्धरी रोए। उनीसँगै उनका साथी खेलाडी र परिवारजन पनि आँसुमग्न देखिए।
टेनिसका महानतम खेलाडीमा दरिएका स्विट्जरल्यान्डका रोजर फेडररले शुक्रवा राति गहभरी आँसु बनाउँदै व्यवसायिक टेनिसबाट बिदाइको हात हल्लाए।
यो बिदाइ रोजगरका लागि खास अर्थपूर्ण यसअर्थमा थियो कि लामो समयदेखि चिरप्रतिद्वन्द्वी रहँदै आएका रफाएल नडाल पनि सँगै थिए।
व्यवसायिक खेल करिअरबाट रिटारमेन्टपछि जब उनी कोर्टबाट निस्किरहेका थिए तब ४१ वर्षीय यी खेलाडीका लागि समर्थकहरुले उभिएर लामो समयसम्म ताली बजाइरहे।
टेनिस इतिहासमा उत्कृष्ट एक खेलाडीमा नाम दर्ता गराउन सफल उनले आफ्नो खेल करिअरमा २० ग्र्यान्ड्सलाम उपाधि जित्न सफल भए।
लण्डनको ओटु एरिनामा भए यस खेलका क्रममाहजारौँ प्रशंसक यस ऐतिहासिक क्षणको साक्षी बन्न उपस्थित थिए। फेडररले जब नडाल र आफ्ना अन्य साथीसँग गला मिलाए तब उनी रुन थाले।
यति मात्रै होइन नडालले पनि आफ्नो आँसु रोक्न सकेनन्। ३५ वर्षीय स्पेनिस खेलाडी उनीसँगै बसेका थिए। जब ब्रिटिश गायिका एली गुल्डिङ्गले गाउन थालिन् तब पनि उनीहरु साथमै थिए।
पुरुषतर्फ लामो समयसम्म एक अर्काका प्रतिद्वन्द्वी खेलाडी रहेका फेडरर र नडाल लेवर कपमा युरोपको तर्फबाट मिलेर खेलिरहेका थिए। दुवैको सामना हरेक वर्ष टिम इभेन्टमा अमेरिकी जोडी ज्याक सक र फ्रान्सेसेस टाइफोसँग थियो।
पूरे साल कोर्टबाहिर रहे पनि फेडररले सक र टाइफोसँग सामना गर्दै शानदार खेल देखाए। तर फेडरर र नडालको जोडी ४-६ ७-८ (७-३) ११-९ ले हार्यो।
यस म्याचमा फेडरर र नडालको जोडीलाई 'फेडाल' को नाम दिइयो। र, यो जोडी लगभग खेल जित्ने बिन्दुमा थियो। तर यो हारसँगै फेडररको २५ वर्ष लामो टेनिस करिअर समाप्त भयो। यो उनको सिंगल र डबलको जम्मा १७ सय ५० औँ खेल थियो।
कोर्टमा नै आफ्नो भाषणका क्रममा बोल्दै फेडररले आँसु रोक्न सकेनन्। 'यो एक शानदार यात्रा थियो। म यो फेरि एक पटक दोहोर्याउन चाहन्छु।'
अघिल्लो वर्ष विम्बलडको क्वार्टर फाइनलमा पोल्यान्डका हुबर्त हरकक्जसँग हारेसँगै उनले कुनै खेल खेलेका थिएनन्।
सन् २०२० को शुरुआतयता अहिलेसम्म ११ ग्र्यान्डस्लामका क्रममा उनी केबल ३ पटक मात्रै कोर्टमा देखिए। यस्तोमा उनी यही जुलाई ठूलो प्रतियोगिताबाट कोर्टमा फर्किने आशा थियो।
तर एक स्क्यानपछि नराम्रो खबर आयो। फेडररले गत साता आफू टेनिसबाट सन्यास लिन लागेको बताएका थिए।
Shares

प्रतिक्रिया