राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताएका छन्।
यो अवस्थामा राष्ट्रबादी शक्ति एकजुट हुनुपर्नेमा पनि थापाले जोड दिएका छन्।
शनिबार हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियता संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि राष्ट्रवादी शक्ति मिल्नैपर्ने बताए।
उनले भ्रष्टाचार अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने आवश्यकता औँल्याए।
थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्नसमेत आग्रह गरे।
मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी आफू मैदानमा आउन चाहेको भन्दै थापाले अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको स्पष्ट पारे।
राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे।
कार्यक्रममा नेताहरु गणेश थापा, राजाराम बर्तौला, प्रेम भोम्जन, राजेन्द्र ढुङ्गाना, सुर्य रुम्बा, किशोर मैनाली र शेरबहादुर बल लगायतले बोले।
Shares

प्रतिक्रिया