गण्डकी


खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

यम खाम्चा


नेपालखबर
असोज ८ , मध्यबिन्दु (नवलपरासीपूर्व)

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन्। उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उनीजस्तै बन्ने छ। २५ वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ। उनी खुट्टाको सहायताले लेख्छन् र सामाजिक सञ्जाल प्रयोग गर्छन्। उनका बुबा मनबहादुर खाम्चा भन्छन्, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो।”

अन्य व्यक्तिजस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ। खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तीर्ण गरे। अब उनी उच्चशिक्षा हासिल गर्ने सुरसारमा छन्। सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुरलाई सताएको छ।

उनी भन्छन्, “छोराले एसईई परीक्षा उत्तीर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो।” 

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ। अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन्।

“अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उनले भने। अवस्था सहज भने छैन। उनी परिवारका चार सन्तानमध्ये माइलो हुन्। आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्‍याएको देख्दा आमा योगमाया औधी खुसी छिन्। 

योगमाया भन्छिन्, “मलाई बिस्तारै बुढ्यौलीले छुँदै छ, ६१ वर्षकी भएँ, छोराको रेखदेखमै दिन बित्छ। जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने?”

छोराको भविष्य सम्झिँदै आँसु पुछ्दै उनले भनिन्, “छोराको भविष्यको चिन्ताले सधैँ सताउँछ। उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो।” रासस

असोज ८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad