गण्डकी


गण्डकीः गठबन्धनको निरन्तरताको पक्षमा एमाले

गण्डकीः गठबन्धनको निरन्तरताको पक्षमा एमाले

नेपालखबर
असार ३२, २०८३ बिहिबार २१:८, काठमाडौँ

एमाले गण्डकीको संसदीय दलको बैठकले अहिलेको परिस्थितिमा संघीयता पक्षधरहरू एकैठाउँमा हुनुपर्ने र गठबन्धन टुट्न नहुने निष्कर्ष निकालेको छ।

कांग्रेससँगको गठबन्धन टुट्ने भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बिहीबार बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले कांग्रेससँगको गठबन्धन टुटाउन नहुने बरु झिनामसिना कुरा बिर्सेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।

गण्डकी प्रदेशको सन्देश केन्द्रीय नेतृत्वसम्म राख्ने जिम्मा संसदीय दलका नेता तथा सचिव खगराज अधिकारीलाई सुम्पिएको छ।

पछिल्लो समय खगराज पार्टी नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।

बैठकमा कांग्रेससँगको सहकार्य कायम राख्ने, नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गर्ने वा सबै दलहरूलाई एकै ठाउँमा ल्याएर अगाडि बढ्नेलगायतका सुझावहरू आएको एक एमाले नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad