गण्डकी


पोखराबाट हतियारसहित दुई जना पक्राउ

पोखराबाट हतियारसहित दुई जना पक्राउ

नेपालखबर
असार ३२, २०८३ बिहिबार १९:२९, पोखरा

कास्की प्रहरीले अवैध भरुवा बन्दुक र धारिलो हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पोखरा महानगरपालिका–१४ मझेरीपाटन निवासी ३० वर्षीय साजन विकले घरमा अवैध रूपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले सोमबार राति करिब १० बजे उनको घरमा खानतलासी गरेको थियो। 

खानतलासीका क्रममा साजन विक सुत्ने कोठामा लुकाइराखिएको एक थान भरुवा बन्दुक र एक थान फलामको धारिलो हतियार बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  

अनुसन्धानका क्रममा उक्त हतियार राख्न कुनै इजाजतपत्र नभएको र बन्दुक संजय नेपालीले राख्न दिएको खुलेपछि सोही स्थानका ३० वर्षीय संजय नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad