ad ad

राजनीति


प्रतिगमन एक्लै आएको छैन, राजावादी, ओली र भारत साथमा छन् : केसी

प्रतिगमन एक्लै आएको छैन, राजावादी, ओली र भारत साथमा छन् : केसी

नेपालखबर
असोज १०, २०७९ सोमबार १५:४६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा पहिलेभन्दा बढेर गएको बताएका छन्। 

पार्टी निकट सांस्कृतिक संगठन रक्तिम सांस्कृतिक अभियानले बुटवलमा आयोजना गरेको पाँच दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले यस्तो बताएका हुन्।

राजावादी शक्तिहरु, नेकपा (एमाले) र भारतको संस्थापन पक्ष नेपालमा हिन्दु सापेक्ष राज्य कायम गर्न र राजतन्त्र फर्काउन प्रयास गरिरहेको केसीको भनाई थियो। 

केसीले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै त्यसैको जगमा टेकेर जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने बताए।

उनले पश्चिमी छाडा संस्कृतिको विरुद्धको भ्रम चिर्न जनवादी संस्कृतिको उदय भएको बताउँदै रक्तिमका कलाकारहरुलाई क्रान्तिको झिल्को भएर फेरि देशमा उदाउन आग्रह गरे।

फरक प्रशंगमा केसीले सम्मानजनक तालमेल भएमा मात्र पाँचदलीय गठबन्धन अगाडि बढ्न सक्ने बताउँदै राष्ट्रिय जनमोर्चाले सम्मानजनक हैसियत नपाए एक्लै चुनाव लड्ने स्पष्ट पारे। 

प्रतिगमनलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको केसीको भनाई थियो।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, राजमो नेता सुरेश थापा, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासे लगायतले शुभकामना मन्तव्य दिएका थिए।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा उपाध्यक्ष हेमराज आश्रमको सञ्चालनमा अघि बढेको कार्यक्रममा सचिव मोहराज शर्माले स्वागत गरेका थिए।

‘सामन्ती तथा साम्राज्यवादी संस्कृतिको विरुद्ध जनवादी संस्कृतिको झण्डा उठाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालित प्रशिक्षण कार्यक्रम १४ गते समापन हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .