ad ad

राजनीति


१६५ क्षेत्रमा खुल्दै निर्वाचन अधिकृतको कार्यालय

१६५ क्षेत्रमा खुल्दै निर्वाचन अधिकृतको कार्यालय

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०७९ बुधबार १२:२०, काठमाडौँ

निर्वाचन आयोगले देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ।

प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियाका अनुसार मुख्य निर्वाचन अधिकृत ७७ जना, निर्वाचन अधिकृत ८८ जना र  निर्वाचन अधिकारी ७७ सहित तोकेर निर्वाचन तयारी थालिएको हो। 

उनीहरुका लागि निर्वाचन ब्यवस्थापन प्रशिक्षण बुधबारदेखि सुरु गरिएको पनि थपलियाले जानकारी दिएका छन्। 

आयोगले असोज १५ देखि २० गते सम्ममा १६५ वटै संघीय निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसक्ने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ।

दलहरुले बुझाएका बन्दसूची मिलाएर आगामी १६ गते अन्तिम विवरण टुंगो गरिनेछ। प्रत्यक्षतर्फ आगामी असोज २३ गते मनोनयन दर्ता हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .