ad ad

कर्णाली


कर्णालीमा समातियो मोटरसाइकल चोर्ने गिरोह

कर्णालीमा समातियो मोटरसाइकल चोर्ने गिरोह

मोटरसाइकल चोरीमा संलग्न युवाहरु। तस्बिर : नेपालखबर


दिनेश बुढा
असोज १२, २०७९ बुधबार १२:२९, सुर्खेत

 मोटरसाइकल चोरी गर्ने गिरोह नै कर्णालीमा सक्रिय रहेको छ। प्रदेशका विभिन्न जिल्लाबाट दिनप्रतिदिन मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ पर्ने थालेका छन्। 

असोज ६ गते दैलेखको गुँरास गाँउपालिका–१ पातल खोलाबाट चार जनाले चार वटा मोटरसाइकल चोरेर फरार भएका थिए। 

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने  रितिक रोशन शाही, दिनेश शाही, बिनोद शाही र सोही पालिका–४ बस्ने आशीष शाहीले मोटरसाइकल चोरेर भागेका थिए। 

उनीहरुले गुराँसबाट लु ८० प १९३५, लु ८० प २०१८, क.प्र ०२००१ प २०९  र भे ४ प ८५८३ नम्बरको मोटरसाइकल चोरेका थिए। 

ती मोटरसाइकल चोरेर भागिरहेको अवस्थामा दैलेख प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो। 

उनीहरु चारै जनालई पक्राउ गरेर अनुसन्धान गर्दा चोरी गर्ने गिरोह नै कर्णालीमा सक्रिय रहेको पत्ता लागेको हो। 

कर्णाली प्रदेश प्रहरीका अनुसार अनुसन्धानको क्रममा पक्राउ प्रतिवादीको बयानबाट खुल्न आएको हो।  

त्यसपछि प्रहरीले दैलेखकै दुल्लु नगरपालिका–७ हाल वडा नम्बर ५ मा साथी अटो पार्टस संचालक पुष्कर बाबु बज्राचार्य र उनको अटो पार्ट्समा मिस्त्री काम गर्ने जनक पुरीलाई पक्राउ गरेको छ। 

चालु अवस्थामा रहेका २ वटा मोटरसाइकलका पाटपुर्जा अलग–अलग भएको ३ वटा मोटरसाइकलसहित असोज ९ गते पुष्कर र जनकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले अनुसन्धानको क्रममा पुष्कर र जनकले चोरेर १ वटा मोटरसाइकल अछाम पञ्चदेवल विनायक नगरपालिका–४ कालिका सामुदायिक वनको कोजेडाबाट लुकाएका थिए। 

प्रहरीले १० वटा मोटरसाकलसहित ६ जनालाई पक्राउ गरी उनीहरुबारे अनुसन्धान जारी राखेको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .