साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ। मालदिभ्समा जारी च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो।

च्याम्पिनयसिपमा पहिलो जित हात पारेसँगै नेपालको फाइनल पुग्ने सम्भावना कायमै छ। पहिलो खेलमा नेपाल आयोजक मालदिभ्ससँग ५१–४७ ले हारेको थियो।

नेपालले अन्तिम खेल बुधबार भुटानसँग खेल्ने तालिका छ।
33
Shares

प्रतिक्रिया