राजनीति


राजावादी हुँदै रवीन्द्र मिश्रले भने : राष्ट्रपति इमान्दार भएनन्, राजा आउनैपर्ने भइसक्यो

आफूमाभन्दा ठूलो विचलन कांग्रेसमा आएको जिकिर
राजावादी हुँदै रवीन्द्र मिश्रले भने : राष्ट्रपति इमान्दार भएनन्, राजा आउनैपर्ने भइसक्यो

राप्रपामा प्रवेशका क्रममा सम्बोधन गर्दै रवीन्द्र मिश्र। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज १२ , काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। 

राष्ट्रपति जस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनले दाबी गरे। 

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुब्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको र सरकार भ्रष्ट भएको भन्दै आपत्ति जनाए। 

उनले मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो। 

वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गरे। 

‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौँ। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ', उनले भने, 'कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो। देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो। समाज विकृत भयो। देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो। संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन। भौगोलिक रुपमा त झन संघीयता धान्ने नसकिने गम्भिर विषय हो।’

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोपसमेत लगाएका छन्। 

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad