नेपाली कांग्रेसको तर्फबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक बन्द सूचीमा नाम रहेका प्राडा चन्द्र मोहन यादवले नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले पार्टीले वरीयताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा बन्दसूची पेस गरेको भन्दै नाम फिर्ताको निवेदन दिएका हुन्।
‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ’, फेसबुकमा उनले भनेका छन्, ‘तर पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकोले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु।’
उनले आफ्नो उम्मेदवारीलाई मधेशी समूहमा क्रमसंख्या २ नं. को सट्टा ३ नं. मा राखिएको जानकारी पाएको पनि उल्लेख गरेका छन्।
माओवादीले हटायो समानुपातिकको सूचीबाट कृष्णबहादुर महराको नाम
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट ९ जनाले लिए उम्मेदवारी फिर्ता
Shares
प्रतिक्रिया