राजनीति


एमाले र जसपाबीच सहमति पत्रमा हस्ताक्षर (सिट बाँटफाँटको सूचीसहित)

प्रतिनिधिसभाका १७ सिटमा एमालेले सघाउने, ३५ सिटमा जसपाले
एमाले र जसपाबीच सहमति पत्रमा हस्ताक्षर (सिट बाँटफाँटको सूचीसहित)

नेपालखबर
असोज २२, २०७९ शनिबार १२:३३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफःँटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

ओली र यादववीच भएको लिखित सहमतिअनुसार जसपालाई प्रतिनिधिसभाका १७ सिटमा नेकपा एमालेले सघाउने छ । जसपाले पाएका ती १७ सिटमा प्रदेश १ का सुनसरी १ र मोरङ ५ छन् । त्यस्तै प्रदेश २ का सप्तरी १,२ र ३, सिराहा २ र ४ धनुषा १, महोत्तरी ३ र ४ सर्लाही १ र ४ रौतहट २, बारा २ र पर्सा १ र २ नम्बर क्षेत्र छन् । 

नवलपरासी पश्चिम, रुपन्देही ४ वा ५ तथा कपिलवस्तुको नाम सहमतिपत्रमा लेखेर मेटिएको छ । ती क्षेत्रमा संघमा नभएर प्रदेशमा मात्र जसपालाई एमालेले सघाउने छ ।

यसअघि जसपालाई  दिइएको धनकुटा भने एमालेले आाफैं राखेको छ । धनकुटामा जसपाले बेग्लै उम्मेदवारी उठाउने भएको छ । उम्मेदवारी दर्ताका लागि  जसपा नेता रकम चेम्जोङ धनकुटातर्फ लागेका छन् ।

जसपा नेताहरुका अनुसार एमालेसँग तालमेल नभएका क्षेत्रमा दुबै दलले आ–आफ्ना उम्मेदवारी दिनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .