ad ad

राजनीति


पुरानै प्रतिस्पर्धीसँग चुनाव लड्दै गिरीराजमणि

पुरानै प्रतिस्पर्धीसँग चुनाव लड्दै गिरीराजमणि

नेपालखबर
असोज २३, २०७९ आइतबार १८:३९, काठमाडौँ

माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले यसपटक पुरानै प्रतिस्पर्धीसँग चुनाव लड्ने भएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेलले एमालेका लक्ष्मी महतो प्रतिस्पर्धी पाएका हुन्।

०७४ को निर्वाचनमा पोखरेल विजयी हुँदा  महतो निकटतम प्रतिस्पर्धी बनेका थिए। त्यतिबेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका महतो यसपटक एमालेबाट पोखरेलका प्रतिस्पर्धी बनेका हुन्। 

यादव नेतृत्वको जसपा परित्याग गरेर गएराति मात्रै महतो एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नासाथ महतोलाई एमालेले टिकट दिएको हो।

पोखरेलले महोत्तरी १ बाट लगातार तीन पटक चुनाव जितिसकेका छन्। ०७४ को निर्वाचनमा पोखरेल २३ हजार ७७६ मतसहित विजयी हुँदा महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए।

बर्दिबासका स्थानीय पोषण थापाले पनि महोत्तरी १ बाट संघीय संसदमास्वतन्त्र  उम्मेदवारी दिएका छन्। 

उनलाई बर्दिबासमा मेयर प्रल्हाद कुमार क्षेत्रीको साथ रहेको बताइएको छ। अब महोत्तरी १ मा पोखरेल, महतो र थापाबीच चुनावमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

गिरीराजमणिका दाहिने हातको रूपमा चिनिँदै आएका शंकर महतो एमाले प्रवेश गरेको कारण यसपटक पोखरेललाई चुनौती थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .