नेपाली कांग्रेसले मनाङको प्रदेश सभा ‘ख’बाट कसैको नाम सिफारिस गरेन। मनाङ ‘ख’ स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको चुनावी क्षेत्र हो। मुखले जे भने पनि गण्डकीमा नेपाली कांग्रेसको सरकार बनाउन सघाएका मनाङ्गेसँग प्रतिस्पर्धा नगर्नकै लागि कांग्रेसले उम्मेदवार सिफारिस नगरेको बुझ्न गाह्रो थिएन।
कांग्रेसमात्र किन? एमालेले पनि सो क्षेत्रबाट कसैको नाम सिफारिस गरेन। अघिल्लो चुनावमा एमालेकै सहयोगमा उनी प्रदेश सभा छिरेका थिए।
उनले १ हजार ४ सय १० मत ल्याउँदा कांग्रेसका कर्म गुरुङले १ हजार २० मत प्राप्त गरेका थिए। दुई मुख्य दलले उम्मेदवार नै सिफारिस नगरेपछि मनाङ्गे ढुक्क थिए। तर, माओवादी केन्द्रले भने त्यसो गरेन। तर दुई मुख्य दलले उम्मेदवारी नै नदिएपछि दीपक मनाङे स्वतः बलियो भएका छन्।
यद्यपि, सो क्षेत्रमा कर्मा दोर्जे लामाको स्वतन्त्र उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारी दिने लामा एमाले निकट व्यक्ति हुन्। मनाङ्गे गण्डकीका बहालवाला युवा तथा खेलकुदमन्त्री हुन्। नेपाली कांग्रेस मनाङका नेता छिरिङ दोर्जे लामाले मनाङ्गेलाई कांग्रेसको समर्थन रहेको बताए।
‘उहाँ हाम्रै समर्थनमा निर्विरोध बन्नुभएको हो’, उनले भने, ‘हामीले प्रदेश क र संघमा भने उम्मेदवारी दिएका छौँ।’
नेपाली कांग्रेसले मनाङबाट प्रतिनिधि सभामा टेकजंग गुरुङलाई उम्मेदवार बनाएको छ भने प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङलाई उम्मेदवार बनाएको छ। एमालेले प्रतिनिधिसभामा पाल्देन छोपाङलाई उम्मेदवार बनाएको छ भने प्रदेशको क मा राजन गुरुङ उम्मेदवार छन्।
Shares
प्रतिक्रिया